काठमाडौं । बाँदरमाथि कुकुर लगाई आक्रमण गरी मार्न लगाउने एक व्यक्ति पक्राउ परेका छन् । ताप्लेजुंगा पाथिभरा याङवरक गाउँपालिका २ का २१ वर्षीय संगम भन्ने छुप्पु हेम्वयालाई प्रहरीले पक्राउ गरेको हो ।
बाँदरलाई तड्पाउँदै अमानवीय तरिकाले कुकुरले टोकाएर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनले खेतको बालीनाली छेक्न बनाइएको पासोमा परेका बाँदरहरूमाथि कुकुर लगाएर आक्रमण गर्न लगाएका थिए ।
प्रतिनिधिसभा निर्वाचन अगाडि उक्त भिडियो सामाजिक सञ्जालमा पोष्ट भएको थियो ।