काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४६ अंकले घटेर २७९७ बिन्दुमा झरेको हो ।
नेप्सेका अनुसार ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।
बुधबार ३२९ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावर कम्पनीको ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै आँखु खोला जलविद्युत कम्पनीको ५१ करोड, नेसनल हाइड्रो पावर कम्पनीको ४९ करोड, अपि पावर कम्पनीको ४४ करोड र न्यादी गुप्रको ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ । साल्पा विकास बैंकको १० प्रतिशत र नेसनल हाइड्रो पावर कम्पनीको ९.९६ प्रतिशतले सेयर मूल्य बढेको छ ।