दिपक मनाङे डिल्लीबजार कारागारबाट १४ महिनापछि रिहा

काठमाडौं । दिपक मनाङे रिहा भएका छन् । बुधबार (आज) डिल्लीबजार कारागारबाट उनी रिहा भएका हुन् । 

जेलर बाबुराम अर्यालले ५ वर्षको कैद अवधि पुरा गरेर दिपक मनाङे रिहा भएको जानकारी दिए । उनका अनुसार कारागारमा मनाङे पछिल्लो समय १४ महिना बसेका थिए । पूरा अवधि ५ वर्षको समय कटाएर रिहा भएको उनले बताए ।

२०६१ वैशाख ३१ गते मिलन गुरुङ ‘चक्रे मिलन’ को हात छिन्नेगरी तरबार प्रहार गरेको घटनामा मनाङेलाई सर्वोच्चले ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर गरेको थियो ।

२० वर्षपछि २०८१ कात्तिक २० सर्वोच्चबाट मनाङेलाई ५ वर्ष कैद सजायको फैसला भएको थियो ।

यो सजाय २०६९ साउन २८ गते उच्च अदालत पाटनले गरेको सदर सजाय थियो । मनाङेले २०७५ वैशाख २३ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए ।

Share News