काठमाडौं । इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः विश्वासको सम्मान’ कार्यक्रम आयोजना गर्दै क्याब र मोटरबाइक (मोटो) श्रेणीका उत्कृष्ट ड्राइभर पार्टनरहरूको समर्पण, विश्वास र निरन्तर उत्कृष्ट प्रदर्शनलाई सम्मान गरेको छ ।
औपचारिक सम्मान समारोहमा इनड्राइभ प्लेटफर्ममार्फत दीर्घकालीन प्रतिबद्धता देखाउँदै उत्कृष्ट सेवा प्रदान गर्दै आएका ड्राइभर पार्टनरहरूलाई एकै स्थानमा भेला गराई विभिन्न विधामा सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै इनड्राइभकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले ड्राइभर–पार्टनर र यात्रुबीचको आपसी विश्वासलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । उनका अनुसार नेपालमा इनड्राइभ सेवाको सफलताको मुख्य आधार यही विश्वास र सेवा गुणस्तर हो ।
अवार्ड वितरण समारोह विशेष अतिथि अभिनेत्री प्रियंका कार्कीको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा सुनिता जीमी राई, एपीएसीका ड्राइभर्स मार्केटिङ लिड योक्षा द्वी एड्रियान्टो तथा अनास्तासिया तेरेन्तिएभाले संयुक्त रूपमा विजेताहरूलाई सम्मान प्रदान गरेका थिए ।
अवार्डअन्तर्गत पाँच वर्ष र तीन वर्षदेखि निरन्तर उत्कृष्ट सेवा प्रदान गर्ने ‘टप परफर्मिङ ड्राइभर पार्टनर’ तथा सन् २०२५ मा उत्कृष्ट प्रदर्शन गर्ने चालकहरूलाई विभिन्न श्रेणीमा सम्मान गरिएको थियो । क्याब र मोटो दुवै विधामा पुरुष तथा महिला चालकहरूलाई समेट्दै कुल ८० जना ड्राइभर–पार्टनरलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको समापनमा बोल्दै एपीएसीका ड्राइभर्स मार्केटिङ लिड एड्रियान्टोले प्लेटफर्मको दीर्घकालीन दिगोपनाका लागि सम्मान–आधारित संलग्नता महत्वपूर्ण हुने उल्लेख गरे ।
इनड्राइभ नेपालले यस्ता कार्यक्रममार्फत संख्यात्मक प्रदर्शन मात्र होइन, इमान्दारिता, विश्वास र उत्कृष्ट सेवाजस्ता मूल्यलाई पनि प्राथमिकता दिँदै प्लेटफर्मको विकासलाई अघि बढाउँदै आएको जनाएको छ ।