भृकुटीमण्डपमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ सुरु

काठमाडौं । बिहिबारदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ सुरु भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा हुन लागेको यो प्रदर्शनीको १०औँ संस्करणको उद्देश्य नेपाली औषधि उद्योगको आधुनिक रूपान्तरण र प्राविधिक सामर्थ्य प्रदर्शन गर्ने हो ।

‘फार्मामा नविनताः भोलिको स्वास्थ्यका लागि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस एक्स्पोमा सर्वसाधरणदेखि औषधि क्षेत्रमा रुचि राख्नेहरूले अवलोकन गरिरहेका छन् । तीन दिनसम्म चल्ने यस एक्स्पोमा २०० भन्दा बढी स्टलहरू रहेका छन् भने ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको रहेको छ । 

एपोनका अध्यक्ष विप्लव अधिकारीले यो एक्सपोबाट औषधिमा विश्वजारमा आएको प्रविधिबारे नेपालका उद्योगी र औषधिप्रतिरुचि राख्ने सबैले सिक्ने र बुझने अवसर पाउने बताए । उनले नेपाली औषधि विश्वस्तरमा प्रतिस्पर्धा गर्ने खालको भएपनि औषधि क्षेत्रमा आएका नयाँ प्रविधिबारे एक्सपोबाट जानकारी लिन सकिने बताए । 

null

 

उनी भन्छन्, ‘एक्सपोले विश्व बजारमा आएका नविनतम कच्चा पदार्थ, प्याकेजिङ सामग्री र अत्याधुनिक मेसिनरीहरूलाई नेपाली बजारसँग जोड्नेछ ।’

null

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागको सहकार्यमा आयोजना गरिएको यस एक्स्पोमा औषधि क्षेत्रसँग सम्बन्धित विभिन्न १४ वटा सङ्घ–संस्थाहरू एसोसिएट सदस्यका रूपमा आबद्ध छन् । औषधि क्षेत्रको ज्ञान लिन चाहने जो–कोहीका लागि प्रवेश निःशुल्क गरिएको छ ।     

null 

Share News