१७६ कम्पनीको सेयर मूल्य बढ्यो, १४ अर्बको कारोबार

काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३ अंकले बढेर २८२० बिन्दुमा झरेको हो ।

नेप्सेका अनुसार १७६ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

बिहीबार ३३५ कम्पनीको ४ करोड कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेसनल हाइड्रोपावर कम्पनीको भएको छ । नेसनलको ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टको ५६ करोड, कुमारी बैंकको ४४ करोड, हिमाल दोलखाको ४४ करोड र बलेफी हाइड्रोपावरको ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

बिहीबार ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । जसमा साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र नेसनल हाइड्रोपावर रहेकाे छ ।    

Share News