काठमाडौं । स्टार्टअप नेटवर्क नेपालको आयोजना र इम्बार्क कलेजको सहकार्यमा २४ घण्टे कृत्रिम बौद्धिकता (एआई) ह्याकथन सुरु भएको छ । स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रलाई सशक्त बनाउने उद्देश्यले ह्याकथन आयोजना गरिएको हो ।
स्टार्ट अफ नेटवर्क फाउण्डर अफ म्यानेजिङ डिरेक्टर सुदीप रौनियारले आइतबार सुरु भएको ह्याकथन भोलि (सोमबार) साँझसम्म जारी रहने बताए ।

सुदीप रौनियार ।
पहिलो दिन आइतबार आज दुईवटा टोली भारतीय र बाँकी नेपाली गरी ३५ युवाहरूले सहभागिता जनाएका छन्।
टाटा कन्सल्टिङ इन्जिनियर्सका पूर्वअध्यक्ष, टाटा पावरका पूर्वकार्यकारी निर्देशकले सहभागी प्रतियोगीलाई एआईको बढ्दो प्रयोग, युवाहरूले कसरी उपयोग गर्न सक्छन् र टाटा पावरमा कसरी उपयोग गर्न सकिन्छ भन्ने ४० वर्षको अनुभव साटेका छन् ।
सहभागीहरूले एआईको प्रयोग गरेर विश्वभर ऊर्जा प्रणालीलाई परम्परागत इन्धनबाट स्वच्छ र नवीकरणीय ऊर्जातर्फ कसरी गर्नसक्छन् भन्ने विषयमा आ-आफ्नो आइडिया राख्नेछन् ।

प्रतिस्पर्धीले सोमबार बेलुकी ५ बजेसम्म एआईको माध्यमबाट न्यूनतम भ्यालुएबल प्रोडक्ट बनाउनेछन् र त्यसलाई मूल्यांकन गरेर एउटा टिमले क्यास प्राइस र क्रेडिट पाउने आयोजकले जनाएको छ ।
रौनियारले आमजनमानसमा एआईसँग सम्बन्धीत चेतना बुझ्नलाई ह्याकथनको आयोजना गरिएको जानकारी दिए । नेपाली युवाहरू आफ्नौ दैनिक जनजीवनमा कत्तिको र कसरी प्रयोग गरिरहेका छन् भन्ने कुरा पनि यो ह्याकथनबाट जानकारी हुने अपेक्षा आयोजकले गरेको छ ।
थप तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज


