राप्रपाले टुङ्ग्यायो समानुपातिक सांसद, भरत गिरीदेखि खुस्बु ओलीसम्म सिफारिस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत चार जनालाई प्रतिनिधिसभा सदस्यका निम्ति सिफारिस गरेको छ ।

आइतबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले नाम टुंगो लगाएको हो । 

बैठकले भरत गिरी (खस आर्य पुरुष) महोत्तरी, ताहिर अली (मुस्लिम पुरुष) रुपन्देही, खुस्बु ओली (खस आर्य महिला) झापा तथा सरस्वती लामा (जनजाति महिला) धादिङ लाई सिफारिस गरेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

समानुपातिक बन्दसूचीमा रहेका ४ जनालाई प्रतिनिधिसभा सदस्य पदमा सिफारिस गर्ने निर्णय गरिएको हो ।

Share News