नथिङ फोन (फोर ए) नेपाली बजारमा सार्वजनिक

काठमाडौं । विश्व बजारमा आफ्नो भिन्न डिजाइन र किफायती मूल्यका कारण पहिचान बनाएको ‘नथिङ’ ब्राण्डको नयाँ स्मार्टफोन नथिङ फोन (फोर ए) नेपाली बजारमा भित्रिएको छ । 

नेपालका लागि नथिङको आधिकारिक बिक्रेता चौधरी समूह अन्तर्गतको सिजी मोबाइल्सले यो फोन नेपाली बजारमा सार्वजनिक गरेको हो ।

नयाँ फोनको सार्वजनिकसँगै कम्पनीले सुरुवाती ग्राहकका लागि आकर्षक अफर ल्याएको छ । ५५ हजार ९९९ रुपैयाँ सुरुवाती मूल्य तोकिएको नथिङ फोन (फोर ए) खरिद गर्ने ग्राहकले ८ हजार ९९९ रुपैयाँ मूल्य बराबरको ुसिएमएफ बड्स २ ए प्लसु निःशुल्क प्राप्त गर्नेछन् ।

यस पटक नथिङले आफ्नो ‘ए’ सिरिजलाई पूर्णतया क्यामेरा सेन्ट्रिक बनाएको छ । फोनमा ७० एक्स अल्ट्रा जुमसहितको ‘थ्रि क्यामेरा सेटअप रहेको छ, जसलाई टेक रिभ्युअरहरूले यो सेग्मेन्टकै उत्कृष्ट क्यामेरा भनेका छन् ।

यसमा नथिङको सिग्नेचर ट्रान्सप्यारेन्ट ग्लास ब्याक, आल्मुनियम फ्रेम र ग्लिफ लाइटजस्ता फिचरहरू रहेका छन् ।

त्यस्तै, यसमा शक्तिशाली स्न्यापड्रागन ७ एस जेन ४ चिपसेट राखिएको छ । त्यस्तै, गुगल जेमिनी र च्याट जीपीटी जस्ता प्रिमियम एआई टुल्सहरु फोनमै इन्टिग्रेटेड गरिएका छन् ।

ब्लोटवेयर रहित क्लिन नथिङ ओएस र ३ जेनेरेसनसम्मको एन्ड्रोइड अपडेटको ग्यारेन्टी रहेको सिजी मोबाइल्सले जनाएको छ ।

Share News