२६ अंकले घट्यो नेप्से, ११ अर्ब ९७ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेप्से दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.०७ अंकले घटेर २७९८.८३  विन्दुमा कायम भएको छ । 

आज ३४५ स्टकको १ लाख २ हजार ७५९ पटकमा ३ करोड ७ लाख ९० हजार २११ सेयर खरिदबिक्री हुँदा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ । 

आज चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर र सोलु हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, सिद्धार्थ इक्युटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ४.३९ प्रतिशतले गुमाएका छन् । 

आज कारोबार रकमको आधारमा आंखुखोला जलविद्युतको सबैभन्दा धेरै कारोबार भएको छ । उक्त कम्पनीको ६८ करोड ७७ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो धेरै कारोबार हुने कम्पनीमा नेशनल हाइड्रोपावरको ६६ करोड १४ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी, अप्पर हेवाखोला हाइड्रोपावरको ४१ करोड ५० लाख, एसवाई प्यानल नेपालको ३७ करोड २३ लाख र रिदी पावरको ३५ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् ।

आज उत्पानबाहेक सबै उपसमूह रताम्मे भएका छन् । उत्पादन ०.२५ प्रतिशतले बढेको छ । 

Share News