काठमाडौं । नगरकोट जाने बाटोमा बाइक राइडरमाथि कुटपिट गर्ने कार चालकको पहिचान खुलेको छ । जिल्ला प्रहरी परिसर, भक्तपुरले मोटरसाइकल चालकमाथि कुटपिट गर्ने कार चालकको पहिचान खुलेको जनाएको छ ।
प्रहरीका अनुसार कार चालकको पहिचान खुलिसकेको छ । कार चालक नगरकोटदेखि तल पर्ने भक्तपुरकै रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कार चालकको खोजी भइरहेको छ ।
शनिबार नगरकोट जाने बाटोमा कार चालकले लक्स के राई र विशाल तामाङमाथि हातपात गरेका थिए । प्रहरीले खोजी गरेपछि कार चालक फरार रहेका छन् ।