काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा एनआरएन इनफ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र युनाईटेड इदी मर्दी आर.बि. हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार एनआरएन इनफ्रास्ट्रक्चरको ४० प्रतिशत बोनस बापत ५१ करोड ३७ लाख ४८९ कित्ता, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस बापत १४ लाख ६२ हजार ७१० कित्ता र युनाईटेड इदी मर्दीको ५ प्रतिशत बोनस बापत २ लाख ३० हजार ४१२ कित्ता सेयर सूचीकृत भएको हो ।