काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा ४ सय र चाँदी ७० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार (आज) छापावाल सुनको मोल प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य ५ हजार ३ सय ३५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो (सोमबार) छापावाल सुनको मोल प्रतितोला ३ लाख ९ हजार ५सय कायम भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार २ सय ६५ रुपेयाँ निर्धारण भएको थियो ।
गत आइतबार १ तोला सुन ३ लाख ९ हजार ४ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदी ५ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औंस सुन ५ हजार ३० र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।