एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र ल्याउँदै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । एभरेष्ट बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८’ जारी गर्न लागेको हो ।

ऋणपत्र जारी प्रक्रियाका लागि बैंकले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ्ग र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट सीईओ विजयलाल श्रेष्ठले हस्ताक्षर गरे ।

बैंकको प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । 

६ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रूपले ६/६ महिनाको अवधिमा हुनेछ । 

Share News