काठमाडौं । सरकारले मनमोहन प्राविधिक कलेजमा चिनियाँ राष्ट्रपतिको किताब जलाउनेलाई कारबाही गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङले जिल्ला प्रशासन कार्यालय, मोरङसँग समन्वय गरेर कारबाही प्रक्रिया अगाडि बढाउने भएको हो ।
मोरङ प्रहरीले पत्र अध्ययन गरी जिल्ला प्रशासन कार्यालय, मोरङको निर्देशनअनुसार कारबाही प्रक्रिया अगाडि बढ्ने जनाइएकाे छ ।
मोरङ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले गृह मन्त्रालयको पत्र अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।
‘यस विषयमा क-कसलाई कारबाही प्रक्रिया अगाडि बढाइन्छ भन्ने कुरा साँझ थाहा हुन्छ । किताबको जलाएको विषयमा छानबिन समितिसमेत बनाइएको छ,’ उनले भने ।
समितिले बुझाएको प्रतिवेदनको आधारमा कारबाही अगाडि बढाइने उनले बताए । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्याउने किसिमको घटनाका सम्बन्धमा छानबिन गरी दोषी उपर आवश्यक कारवाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिइसकेको छ ।
मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सि जिन पिङको ‘द गभर्नेन्स अफ चाइनाले’ भन्ने किताब जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो ।
गत शनिबार मनमोहन कलेजमा कलेजका ल्याबका लागि वर्क सप बनाउन कोठा खाली गरेर राष्ट्रपतिको किताब जलाइएको थियो ।
चिनियाँ राष्ट्रपतिको पुस्तक जलाएको घटना सम्बन्धमा छानविन गरी कारवाही गर्न गृह मन्त्रालयको निर्देशन
सी जिनपिङको पुस्तक जलाइएकोबारे चिनियाँ दूतावासको चासो, घटना के हो ?