काठमाडौं । लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने ६ जनालाई ट्राफिक प्रहरीले कारवाही गरेको छ।
मंगलबार ललितपुर महानगरपालिका २७ सुनाकोठीमा गरिएको लापसे चेकिङका क्रममा ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
जसमध्ये मिनी ट्रक चालक २ जना, मोटरसाइकल (राइड सेयिरिङ) चालक २ जना र स्कुटर चालक २ जना रहेका छन् ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली सहितको सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र ट्राफिक प्रहरी प्रभाग चापागाउँको संयुक्त टोलीले चेक गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ६ जना चालक फेला परेका थिए ।
नियन्त्रणमा आएका उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको छ ।