काठमाडौं । महिलामाथि अभद्र व्यवहार गर्ने ‘याङ्गो’ चालक पक्राउ परेका छन् । आइतबार प्रहरीले सार्वजनिक स्थानमा महिलामाथि गालीगलौज तथा अभद्र व्यवहार गर्ने ४३ वर्षीय कुमार श्रेष्ठ पक्राउलाई गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार जिनिता कार्कीले आफूलाई गालीगलौज तथा अपशब्द प्रयोग गरेका लिखित निवेदन दिएकी थिइन् ।
सामाजिक सञ्जालमा देखिएका भिडियोहरूको अनुसन्धान गर्दा काठमाडौं महानगरपालिका ७ चावहिल घर भई क्षेत्रपाटी बस्ने श्रेष्ठलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।
थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौं पठाइएको कार्यालयले जनाएको छ ।