काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । आम निर्वाचन २०८२ को परिणामपछि बस्न थालेको बैठक चैत ६ गते शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको हो ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद दुलालले सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थिति रहने जानकारी दिए ।
बैठकमा चुनावको समीक्षासहितका एजेण्डामा छलफल हुने उनको भनाइ छ ।