ओलीको प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सोमबार न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । 

पूर्व प्रधानमन्त्री ओलीको पक्राउ विरूद्ध उनकी पत्नी राधिका शाक्यले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । 

भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको जाँचबुझ आयोगले ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरूद्ध कारवाहीको सिफारिस गरेको थियो । 
सोही सिफारिसका आधारमा सरकारले गत शनिबार उनीहरुलाई पक्राउ गरेको थियो । 

Share News