काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्ने अनुमति दिन अदालतले अस्वीकार गरेको छ । काठमाडौं जिल्ला अदालतले बस्नेतलाई पक्राउ गर्ने अनुमति नदिएको हो ।
अदालतले बस्नेतलाई पक्राउ गर्न अनुमति माग गरिएको मिसिल फर्काइदिएको हो । धादिङकी शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा पक्राउ अनुमति माग गर्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा दायर गरेको निवेदनका आधारमा प्रहरीले पक्राउ अनुमति माग्दै पुनः मिसिल पेस गरेको थियो ।
जाहेरी र त्यससम्बन्धी सक्कल फाइल नै उच्च अदालत पाटन पुगेको भन्दै अदालतले बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने अनुमति दिन अस्विकार गरेको हो ।