रेखा शर्मालाई ३ दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

अदालतका न्यायाधीश नवराज दुलालले इजलासले शर्मालाई तीन दिन म्याद थप गरी अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

शर्मा गएराति धुम्बाराहीबाट पक्राउ परेकी हुन् । उनी बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी हुन् ।

१४ वर्षीया नाबालिकालाई घरमै ६ वर्षदेखि शोषण गरेको शर्मामाथि आरोप छ । उनी दलित कोटाबाट लुम्बिनी प्रदेशसभामा एमालेकी समानुपातिक सांसद हुन् ।

दाङ तुलसीपुर निवासी शर्मा प्राय: काठमाडौं धुम्बाराहीस्थित उघरमा बस्दै आएकी थिइन् 

आजै उनलाई सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालत काठमाडौं लगिएको हो ।

Share News