संविधान संशोधनको गृहकार्य सुरु, असिम शाहको नेतृत्वमा कार्यदल बन्ने

काठमाडौं । सरकारले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न कार्यदल बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकारको नेतृत्वमा संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । 

उनका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र अनुरूप संविधान संशोधनका लागि बहसपत्र तयार गर्न लागिएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहको राजनीतिक सल्लाहकारमा असिम शाहको संयोजकमा कार्यदल बन्ने भएको हो । उनी प्रतिनिधि सभाका पूर्वसांसद समेत हुन् ।

प्रवक्ता पोखरलेलले संविधान संशोधनका लागि सबै दलको सहमति आवश्यक हुने पनि उल्लेख गरे। 

उनले भने, ‘राजनीतिक सल्लाहकारको अध्यक्षतामा रहने कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधि रहनुहुन्छ । राष्ट्रिय सहमतिमा संविधान संशोधनका लागि बहसपत्र तयार हुन्छ ।’

Share News