काठमाडौं । सामसङ नेपालले नयाँ वर्ष २०८३ को अवसरमा ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान सार्वजनिक गर्दै टेलिभिजन तथा घरायसी विद्युतीय उपकरण खरिदमा आकर्षक छुट, पक्का उपहार र २४ महिनासम्मको विस्तारित किस्ता (ईएमआई) योजना घोषणा गरेको छ ।
अभियानअन्तर्गत ग्राहकहरूले सामसङका नवीनतम कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त टेलिभिजन तथा उन्नत प्रविधिमा आधारित घरायसी उपकरणमार्फत आधुनिक र सहज जीवनशैली अपनाउन सक्ने कम्पनीले जनाएको छ । उक्त अफर अप्रिल १ देखि मे १४, २०२६ सम्म लागू रहनेछ ।
कम्पनीका अनुसार योजनाअन्तर्गत टेलिभिजनमा अधिकतम २५ प्रतिशतसम्म, वाशिङ मेसिनमा २३ प्रतिशतसम्म तथा रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ । नयाँ वर्षको अवसरमा घरायसी उपकरण स्तरोन्नति गर्न चाहने परिवारका लागि योजना उपयोगी हुने विश्वास कम्पनीले लिएको छ ।
चयनित टेलिभिजन खरिद गर्दा १२ महिनासम्मको नेट टिभी सेवा निःशुल्क उपलब्ध गराइनेछ भने चयनित वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक पक्का उपहार प्रदान गरिनेछ ।
साथै, २४ महिनासम्मको विस्तारित किस्ता योजनामार्फत ग्राहकहरूले ५० हजार रुपैयाँभन्दा माथिका घरायसी उपकरण ४० प्रतिशत अग्रिम भुक्तानीमा खरिद गर्न सक्नेछन् । यस योजनाले १२ महिनाको किस्ताको तुलनामा मासिक भुक्तानी झन्डै आधा हुने कम्पनीले जनाएको छ ।
हुलास फाइनसर्भ हायर पर्चेज लिमिटेडमार्फत सञ्चालन हुने सामसङ इन्स्टा फाइनान्स सेवाअन्तर्गत १२ महिनाको किस्ता योजनामा शून्य प्रतिशत ब्याजदर लागू हुनेछ भने २४ महिनाको विकल्पमा ७.९९ प्रतिशत अतिरिक्त ब्याज लाग्नेछ ।
ग्राहकहरूले अरको स्टोर वा नेपालभर रहेका अधिकृत सामसङ विक्रेता केन्द्रमार्फत आफ्ना पुराना उपकरण साटासाट (एक्सचेन्ज) गरी नयाँ उपकरण खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । अफरसम्बन्धी थप जानकारी नजिकको अधिकृत सामसङ स्टोरबाट प्राप्त गर्न सकिनेछ ।