संसद् सचिवालयले आह्वान ग‍र्यो सर्वदलीय बैठक

काठमाडौं । संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । बुधबार (भोलि) अपरान्ह १ बजे सर्वदलीय बैठक आह्वान गरेको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

उनका अनुसार बैठकमा प्रतिनिधिसभा बैठकको तयारीबारे छलफल हुनेछ । बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेसँगै संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको हो ।

सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ बजे संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

Share News