रास्वपा सभापति लामिछाने र नेता महन्थ ठाकुरबीच भेटवार्ता, मधेसको विकास र सहकार्यमा जोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच मंगलबार भेटवार्ता भएको छ । 

सभापति लामिछानेको बुढानीलकण्ठस्थित निजी निवासमा भएको उक्त भेटवार्तामा उनीहरूबीच वर्तमान राजनीतिक परिस्थिति र मुलुकको समसामयिक विषयमा छलफल भएको हो ।

भेटका क्रममा विशेषगरी मधेस प्रदेशको विकास, त्यहाँका नागरिकले झेलिरहेका समस्या र राज्यले प्राथमिकता दिनुपर्ने नयाँ योजनाका बारेमा विस्तृत कुराकानी भएको लामिछानेको सचिवालयले जनाएकाे छ ।

दुवै नेताहरूले शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणका क्षेत्रमा मधेसमा विशेष प्याकेजको आवश्यकता रहेको कुरामा जोड दिएका थिए ।

छलफलका क्रममा पछिल्लो जनादेशको सम्मान गर्दै देशको समग्र विकासका निम्ति साझा एजेन्डामा सहकार्य गरेर अघि बढ्ने विषयमा दुवै पक्ष एकमत भएका छन् । 

Share News