काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनको रणनीति तय गर्न र विगतको निर्वाचनको वस्तुगत मूल्यांकन गर्न सातै प्रदेशमा बृहत समीक्षा कार्यक्रम आयोजना गर्ने भएको छ ।
चैत्र १० र ११ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार कांग्रेसले देशका १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग प्रत्यक्ष छलफल र क्षेत्रगत अध्ययन गर्न लागेको हो ।
केन्द्रीय प्रतिनिधिको उपस्थितिमा हुने यो अभियानले ‘कांग्रेसको अबको बाटो’ तय गर्ने मुख्य उद्देश्य राखेको छ ।
नेपाली कांग्रेसले विभिन्न प्रदेशका लागि संयोजक र मितिसमेत तोकिसकेको छ ।
