काठमाडौं । व्यवसायी दिपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । सम्पत्ति शुद्धीकरण विभागबाट आएको पत्रका आधारमा उनलाई कालोसूचीमा राखिएको अध्यामगनका एक कर्मचारीले विकासन्युजलाई जानकारी दिए ।
सरकारले उनको सम्पत्तिमाथि छानबिन सुरु गरेको बुझिएको छ । विगतमा विभिन्न नियुक्ति तथा व्यावसायिट सेटिङमा भट्टको सक्रियता व्यापा थियो । उनले बिचौलिया व्यवसायीको परिचय बनाएका छन् ।