महिलाको चरित्र हत्या गर्ने रेसलर खड्का पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा रेसलर महिला पक्राउ परेकी छन् ।

रामेछाप मन्थली नगरपालिका वडा न. १२ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने ३५ वर्षीया भगवती खड्का रहेकी छन् । 

उनी रेसलर खेलाडी हुन् ।

खड्काले सामाजिक सञ्जालमा पीडित महिलाको फोटोमा अश्लील कमेन्ट गरी सार्वजनिक रूपमा चरित्र हत्या गरेको भन्दै पीडितले साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् ।

खड्कालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मिति २०८२ चैत १७ गते काठमाडौंबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत काठमाडौंले ४ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको ब्यूरोमा प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।

Share News