काठमाडौं । कारागारमा रहेका कैदीबन्दीलाई छुटाइदिने भनेर ठगी गर्ने एक दम्पती पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार बुढानीलकण्ठ बस्ने ४५ वर्षीय श्रीमान हरिबहादुर थापा मगर र ३७ वर्षीया मीठु भन्ने श्रीमती अनिता थापा मगर पक्राउ परेका हुन् ।
परिसरका अनुसार गत भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा आपराधिक क्रियाकलापमा संलग्न रही हाल कारागार कार्यालय काठमाडौं सुनधारामा पुर्पक्षको लागि थुनामा छन् ।
मगरले सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशलाई भनसुन गरेर धरौटीमा छुटाई दिने भनेर पैसा लिएका थिए । उनीहरूले धरौटी बापतको रकम र वकिललाई बहस खर्च भनेर माग गरेका थिए ।
उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।