काठमाडौं । संसद् सचिवालयले आह्वान गरेको सर्वदलीय बैठक बुधबार (आज) अपरान्ह १ बजे बस्दैछ ।
संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बस्ने सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
उनका अनुसार बैठकमा प्रतिनिधिसभा बैठकको तयारीबारे छलफल हुनेछ । बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेसँगै सर्वदलीय बैठक बस्न लागेको हो ।
सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ बजे संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।