टीभीएसले ल्यायो नयाँ वर्ष अफर, ५ वर्षसम्म पेट्रोल फ्री र ५ लाखसम्मको छुट

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०८३ को अवसरमा ‘टीभीएससँग नयाँ वर्षको निरन्तर यात्रा नामक आकर्षक उत्सव योजना सार्वजनिक गरेको छ । 

यस अफरअन्तर्गत टीभीएसका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले दैनिक रूपमा विशेष उपहार र नगद लाभ प्राप्त गर्न सक्नेछन् । 

योजनाको मुख्य आकर्षणका रूपमा प्रत्येक दिन एक जना भाग्यशाली ग्राहकले ५ वर्षसम्मका लागि निःशुल्क पेट्रोल जित्ने मौका पाउनेछन् । यसका साथै ग्राहकले खरिदमा दैनिक अधिकतम ५ लाख रुपैयाँसम्मको नगद छुट समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकको सहजता र सुलभतालाई ध्यानमा राख्दै कम्पनीले स्वामित्व अनुभवलाई अझ सरल बनाउन न्यूनतम २ हजार ९६७ रुपैयाँबाट सुरु हुने ईएमआई सुविधा पनि उपलब्ध गराएको छ । 

यो योजना नगद खरिद, एक्सचेन्ज र फाइनान्स गरी तीनै माध्यमबाट लिने ग्राहकहरूका लागि लागू हुनेछ । एक्सचेन्जको हकमा कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटरमा उत्कृष्ट मूल्याङ्कन प्रदान गर्ने प्रतिबद्धता समेत जगदम्बा मोटर्सले व्यक्त गरेको छ ।

नयाँ वर्षको यस विशेष अवसरमा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता र उपाध्यक्ष दिपक रौनियारले ग्राहकहरूलाई दीर्घकालीन सन्तुष्टि र सुलभ यात्राको अनुभूति गराउन यो योजना ल्याइएको बताए ।

Share News