नेप्सेमा ७४ अंकको गिरावट, १२ अर्ब १० करोडको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से ७४.७३ अंकले घटेर २७७६.३६ विन्दुमा कायम भएको छ । 

बुधबार कारोबारमा आएकामध्ये १३ कम्पनीको मूल्य बढेको छ भने २५५ कम्पनीको मूल्य  घटेको छ । बुधबार ३४७ स्टकको कुल १ लाख २३ हजार ७ सय ३० पटकको सेयर किनबेचमा ३ करोड २ लाख ९२ हजार ४ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब १० करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

मंगलबार ११ अर्ब ११ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । त्यस्तै, नेपाल रि इन्स्यारेन्स कम्पनीको सेयर ९.८४ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ७१ करोड ७१ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ । 

दोस्रो धेरै कारोबार भएको कम्पनी अपि पावर कम्पनीको ४५ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै न्यादी ग्रुपको ४३ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज १३ वटै उपसमूह घटेका छन् ।

Share News