कांग्रेसले भन्यो : पूर्णबहादुरले लेटरप्याडको दुरुपयोग गरे, कारवाही हुन्छ

काठमाडौं । नेपाली कांग्रेसले पूर्णबहादुर खड्काले उपसभापतिको हवाला दिँदै पार्टीको लेटरप्याडको दुरुपयोग गरेको बताएको छ । बुधबार नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले यस्तो बताएको हो । 

बैठकले भनेको छ, ‘विभिन्न संचारमाध्यम तथा सामाजिक संजालहरुमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत्र १४ गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले सचेत गराइने निर्णय पनि गरेको छ । अब उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्ति उपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित नेपाल कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।’

खड्काले पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ भएपछि उपसभापतिको रुपमा सरकारले गलत गरेको वक्तव्य जारी गरेका थिए ।  

Share News