काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा ‘हुण्डाईसँग शुभ यात्रा २०८३’ नामक अफर सार्वजनिक गरेको छ ।
नयाँ वर्षको सुरुवातसँगै नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै कम्पनीले आकर्षक नगद छुट र विभिन्न बोनस सुविधाहरू सहितको यो योजना ल्याएको हो ।
यस योजना अन्तर्गत ग्राहकहरूले निश्चित हुण्डाई मोडलका गाडीहरूको खरिदमा १ लाख ७५ हजार रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै ९६ हजार रुपैयाँसम्मको नयाँ वर्ष बोनस, एक वर्षका लागि निःशुल्क बीमा र सवारी कर (रोड ट्याक्स) को सुविधा समेत उपलब्ध गराइएको छ ।
ग्राहकको सहजताका लागि कम्पनीले स्पट एक्सचेन्ज र मूल्यांकनको सुविधा पनि प्रदान गर्नेछ, जसले पुरानो गाडी साटेर नयाँ लिन चाहनेहरूलाई थप मद्दत पुग्ने कम्पनीले जनाएको छ ।
बिक्रीपछिको सेवालाई प्राथमिकता दिँदै हुण्डाईले आफ्ना ग्राहकका लागि ६ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टीको सुनिश्चितता गरेको छ ।
गुणस्तर र दीर्घकालीन सन्तुष्टिलाई ध्यानमा राखेर ल्याइएको यो प्याकेजले नेपाली अटोमोबाइल बजारमा हुण्डाईको बलियो पकडलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।
कम्पनीले विगत दुई वर्षदेखि नेपालमै ‘क्रेटा’ र ‘भेन्यू’ जस्ता लोकप्रिय मोडलहरू एसेम्बल गर्दै आएको छ ।
५ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा सञ्चालित यस उद्योगमा पूर्ण रूपमा नेपाली इन्जिनियर र दक्ष जनशक्ति परिचालन गरिएको छ, जसले स्थानीय सीप प्रवद्र्धन र औद्योगिक विकासमा ठूलो टेवा पुर्याइरहेको छ ।
नयाँ वर्षको उपलक्ष्यमा ल्याइएको यो विशेष अभियानमार्फत ग्राहकले नजिकैको शोरुममा गई थप जानकारी लिन र २०८३ को सुरुवातलाई विशेष बनाउन सक्ने कम्पनीले जनाएको छ ।