राजदूतहरू बिचौलियासँगको डिनरमा होइन, श्रमिकका शिविरमा हुनेछन् : लामिछाने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले खाडी मुलुकमा जाने नेपाली राजदूतहरूको कार्यशैली परिवर्तन गरिने बताएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अब राजदूतहरू विचौलियासँगको डिनर टेबलमा होइन, श्रमिकका शिविरहरूमा पुग्नुपर्ने बताए । 

उनले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आजको संसदको जनादेशका वास्तविक रचयिता भन्दै उनीहरूको योगदानको उच्च सम्मान गरे । ‘यो देशमा उहाँहरूले पठाउनु भएको रेमिट्यान्सको मात्रै चर्चा भयो,’ उनले भने, ‘तर उहाँहरूको व्यक्तिगत त्याग झन् बढी सम्मानयोग्य छ ।’ 

Share News