काठमाडाैं । मालपोत कार्यालय भरतपुरमा अनधिकृत रुपमा प्रवेश गर्ने १६ जना व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार (आज) उनीहरूलाई गिरफ्तार गरेको हो ।
कार्यालयले एक सूचना जारी गर्दै अनधिकृत व्यक्तिहरूको प्रवेशमा रोक लगाएको छ ।
सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा केही अनधिकृत व्यक्तिहरू कार्यालयमा प्रवेश गरी सेवाग्राहीलाई झुक्याउने तथा ठगी गर्ने गरेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो।
कार्यालयले अबदेखि सेवा लिन आउने सम्बन्धित व्यक्तिहरू र कानुन बमोजिम दर्ता भएका भू–सेवा सञ्चालकहरूलाई मात्र कार्यालय परिसरमा प्रवेश दिइने स्पष्ट पारेको छ।
त्यस्तै, सेवासम्बन्धी काम कारबाही सम्बन्धित व्यक्तिले पेश गरेको निवेदन र कानुनअनुसार दर्ता भएका भू–सेवा सञ्चालकहरूले पेश गरेका कागजातका आधारमा मात्र अगाडि बढाइने कार्यालयले जनाएको छ।
साथै, भू–सेवा सञ्चालकहरूले कार्यालय प्रवेश गर्दा अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।
कार्यालयले सेवाग्राहीहरूलाई अनधिकृत व्यक्तिको भर नपर्न र आधिकारिक प्रक्रिया अपनाउन आग्रह गरेको छ।
यी हुन् पक्राउ भएका व्यक्तिहरु
१. जिल्ला चितवन कालिका नगरपालिका ९ बस्ने वर्ष ५० को डीलबहादुर भण्डारी (9845954864-अन्जना भट्टराई भूसेवा केन्द्र भरतपुर १२)
२. जिल्ला चितवन भरतपुर महानगरपालिका १० बस्ने वर्ष ४३ को काशीराम वाग्ले (9855062717-सत्यम भूसेवा केन्द्र)
३. जिल्ला चितवन भरतपुर महानगरपालिका ६ गीतानगर बस्ने वर्ष ५९ को विष्णुप्रसाद शर्मा (9845053936-विष्णुप्रसाद शर्मा भुसेवा केन्द्र)
४. जिल्ला चितवन भरतपुर महानगरपालिका १२ बस्ने वर्ष ४१ को रामकृष्ण घिमिरे (9844966985 -रामकृष्ण घिमिरे भूसेवा केन्द्र)
५. जिल्ला चितवन कालिका नगरपालिका ६ बस्ने वर्ष ४९ को टेकनाथ वाग्ले (9845078064-टेकनाथ वाग्ले भु सेवा केन्द्र)
६. जिल्ला चितवन भरतपुर महानगरपालिका १३ बस्ने वर्ष ४९ को कमलराज ढुङ्गाना (9845081654 -माधव पौडेल भूसेवा केन्द्र)
७. जिल्ला चितवन भरतपुर महानगरपालिका ११ बस्ने वर्ष ४२ को रघुनाथ पौडेल (9845634662 -दिलबहादुर राणाभाट भुसेवा केन्द्र
८. जिल्ला चितवन रत्ननगर नगरपालिका १५ बस्ने वर्ष ३६ को दिवस बुढाथोकी (9842611008 -डिलबहादुर बुढाथोकी भूसेवा केन्द्र)
९. जिल्ला चितवन भरतपुर महानगरपालिका ८ बस्ने वर्ष ३८ बासुदेव आचार्य (9851207728 -काशीराम वाग्ले भूसेवा केन्द्र)
१०. जिल्ला चितवन रत्ननगर १० बस्ने वर्ष ४४ को कान्छा महतो (९८४५११७३६८ -हरि आचार्य भूसेवा केन्द्र)
११. जिल्ला चितवन खैरहनी नपा ४ बस्ने वर्ष २२ को गणेश बहादुर नेपाली (9761622035 -हरि आचार्य भूसेवा केन्द्र)
१२. जिल्ला चितवन भरतपुर महानगरपालिका २३ बस्ने वर्ष ५८ को सुभाष पौडेल (9845176899 -सुभाष पौडेल भूसेवा केन्द्र)
१३. जिल्ला चितवन भरतपुर महानगरपालिका ९ बस्ने वर्ष ६० को हरेराम पन्त (9845144183 -गुणराज भुसेवा केन्द्र)
१४. जिल्ला चितवन भरतपुर महानगरपालिका १५ बस्ने वर्ष ४३ को राम अधिकारी (9845052164-दिननाथ इडनी भूसेवा केन्द्र)
१५. जिल्ला चितवन भरतपुर महानगरपालिका १२ बस्ने वर्ष ५२ को कृष्णप्रसाद रेग्मी (9860902323 -आर.बी नव-बुद्ध भोसेवा केन्द्र)
१६. जिल्ला चितवन रत्ननगर नगरपालिका ८ बस्ने वर्ष ३५ को रोहित महतो (9845221163 -हरिकृष्ण गौतम भुसेवा केन्द्र)