काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान) को नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ।
जारी अधिवेशनअन्तर्गत भएको निर्वाचनमा दुई प्रमुख प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । मतदान सकिए लगत्तै मतगणना सुरु भएको महासंघले जनाएको छ ।
महासंघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा र निर्माण व्यवसायी निकोलस पाण्डे आ-आफ्नो प्यानलसहित चुनावी मैदानमा छन् । मतपरिणाम आज राती नै आउने महासंघको भनाइ छ ।