काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिएको सेयर बाँडफाँड गरेको छ । कम्पनीले चैत १८ गतेका दिन बाँडफाँड गरेको जनाएको छ ।
जारी पुँजी ७० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २१ करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २१ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याएको छ । कम्पनीले उक्त सेयर चैत ८ गतेदेखि चैत ११ गतेसम्म विदेशमा रहेका नेपालीलाई बिक्री खुला गरेका थियो ।
उक्त समयमा रितपूर्वक आवेदन दिने २१ हजार जनालाई १० कित्ताका दरले सेयर वितरण गरेको बिक्री प्रबन्धक एनएमबि मुक्तिनाथ क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओ रिजल्ट बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित आईपीओ रिजल्ट वा मेरो सेयरबाट हेर्न सकिने जनाएको छ ।