काठमाडौं । राष्ट्र बैंकले दुई मनीचेञ्चरको इजाजत ( लाइसेन्स ) पत्र रद्द गरेको छ ।
विराटनगरमा रहेको अमृत लक्ष्मी मनीचेञ्जर र सुपर फाइन मनीचेञ्जरले नवीकरण नगरेकाले राष्ट्र बैंकले इजाजत पत्र रद्द गरेको हो ।
मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौंथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा (म्याद समाप्त भएको मितिले तीन महिनाभित्र) नवीकरण गर्न नसकेकोले इजाजतपत्र रद्द गर्ने राष्ट्र बैंकले निर्णय गरेको हो ।