काठमाडौं । स्थानीय तहका प्रत्यक गाउँ पालिका, नगरपालिकामा कम्तिमा एउटा बैंकको शाखा स्थापना हुने भएको छ । राज्य पुर्नसंरचना अनुसार गठन भएको ७४४ वटा स्थानीय तहमध्ये सबैमा बैंक शाखा खोल्ने व्यवस्था गर्न अर्थभन्त्री कृष्णबहादुर महराले निर्देशन दिएका छन् ।
उपप्रधानमन्त्री समेत रहेका महराले अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखालाई निर्देशन दिदै आगामी बजेट, मौद्रिक नीति मार्फत एक वर्षभित्र सबै क्षेत्रमा वाणिज्य बैंकको शाखा खोल्ने व्यवस्था मिलाउन भनेको अर्थमन्त्रालयले जनाएको छ ।