काठमाडौं । आगामी आर्थिक वर्ष २०७४/७५ मा देशको सात सय ४४ स्थानीय तहमा बैंकको शाखा खुल्ने भएको छ । मंगलवार उपप्रधान तथा अर्थ मन्त्री कृष्णवहादुर महराले स्थानिय तहमा शाखा खोल्ने गरी आवश्यक व्यवस्था गर्न निर्देशन दिनु भएको हो ।
मन्त्रीको निर्देशन अनुसार सबै स्थानीय तहमा बैंक शाखा खोल्नका लागि अर्थ मन्त्रालय वित्तिय क्षेत्र व्यवस्थापन महाशाखाले त्यसको प्रक्रिया शुरु गरेको छ ।