महालक्ष्मीले ल्यायो उद्यमशील कर्जा योजना, १ लाख देखि ९ लाखसम्मको कर्जा दिने

<p>काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा सर्वसाधारणहरु माझ ‘महालक्ष्मी उद्यमशील कर्जा’ योजना ल्याएको छ । बैंकले सर्वसाधारणहरु लाई स्वदेश मै उद्योग व्यवसाय संचालन गर्न प्रेरित गर्ने उद्देश्यले ‘उद्यम गरौं उद्यमी बनौं, विदेश होइन स्वदेश रोजौँ’ भन्ने नाराका साथ न्यून व्याजदरमा यस योजना ल्याएको हो । उक्त कर्जा योजना अन्तर्गत बैंकले [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा सर्वसाधारणहरु माझ ‘महालक्ष्मी उद्यमशील कर्जा’ योजना ल्याएको छ । बैंकले सर्वसाधारणहरु लाई स्वदेश मै उद्योग व्यवसाय संचालन गर्न प्रेरित गर्ने उद्देश्यले ‘उद्यम गरौं उद्यमी बनौं, विदेश होइन स्वदेश रोजौँ’ भन्ने नाराका साथ न्यून व्याजदरमा यस योजना ल्याएको हो ।

उक्त कर्जा योजना अन्तर्गत बैंकले देश भित्रै उद्योग, व्यवसाय एवम् कृषि पेशा संचालन गर्न चाहने युवालाई वार्षिक १३ प्रतिशतको व्याजदरमा १ लाख रुपैयाँदेखि ९ लाख रुपैयाँसम्मको कर्जा उपलव्ध गराउने छ । यस योजनाले केहि हदसम्म भएपनि युवाहरुलाई स्वदेश मै उद्योग व्यवसाय गर्न प्रेरित गर्नेछ भन्ने बैंकले अपेक्षा गरेको छ ।

यस योजना आगामी वैशाख ३ गतेदेखि लागू हुने बैंकले जनाएको छ ।

Share News