यती डेभलपमेन्ट बैंकको साधारणसभा वैशाख २२ गते, के के छन् विशेष प्रस्ताव ?

<p>काठमाडौं । यती डेभलपमेन्ट बैंकको १५औँ वार्षिक साधारणसभा आगामी वैशाख २२ गते हुने भएको छ । उक्त निर्णय कम्पनीको ३५८औँ सञ्चालक समितिको बैठकले गरेको हो । उक्त सभामा कम्पनीले यती डेभलपमेण्ट बैंकमा महालक्ष्मी विकास बैंक लिमिटेड गाभ्ने गरी एक आपसमा गाभ्ने/गाभिने(मर्जर) सम्बन्धी विशेष प्रस्ताव लैजाँदै छ । उक्त मर्जर पश्चात बन्ने विकास बैंकको नाम महालक्ष्मी [&hellip;]</p>

काठमाडौं । यती डेभलपमेन्ट बैंकको १५औँ वार्षिक साधारणसभा आगामी वैशाख २२ गते हुने भएको छ । उक्त निर्णय कम्पनीको ३५८औँ सञ्चालक समितिको बैठकले गरेको हो ।

उक्त सभामा कम्पनीले यती डेभलपमेण्ट बैंकमा महालक्ष्मी विकास बैंक लिमिटेड गाभ्ने गरी एक आपसमा गाभ्ने/गाभिने(मर्जर) सम्बन्धी विशेष प्रस्ताव लैजाँदै छ ।

उक्त मर्जर पश्चात बन्ने विकास बैंकको नाम महालक्ष्मी विकास बैंक लिमिटेड रहने बैंकले जनाएको छ ।

हाल यती डेभलपमेन्ट बैंकको चुक्ता पूँजी एक अर्ब ३२ करोड रुपैयाँ रहेको छ । त्यस्तै सोही बैंकमा गाभिन लागेको महालक्ष्मी विकास बैंकको चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको छ । मर्ज पश्चात बन्ने महालक्ष्मी विकास बैंकको चुक्ता पूँजी २ अर्ब ४८ करोड रुपैयाँ नाघ्ने छ ।

Share News