सामान्य अंकले घटेको बजारमा साढे एक अर्बको कारोबार, सबैभन्दा बढी एनसीसी बैंकको

<p>काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । साताको अन्तिम दिन नेप्से परिसूचक ५ दशमलब ९४ अंकले घटेर १६९७ दशमलब १३ अंकमा झरेको छ । बिहीबार नेप्से परिसूचकका साथै कारोबार रकममा पनि गिरावट आएको छ । सो दिन एक अर्ब ४८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब [&hellip;]</p>

काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । साताको अन्तिम दिन नेप्से परिसूचक ५ दशमलब ९४ अंकले घटेर १६९७ दशमलब १३ अंकमा झरेको छ ।

बिहीबार नेप्से परिसूचकका साथै कारोबार रकममा पनि गिरावट आएको छ । सो दिन एक अर्ब ४८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब ५२ करोड रुपैयाँ घटी हो । बिहीबार कुल १४३ कम्पनीको २१ लाख ३३ करोड कित्ता सेयर किनबेच भएको छ ।

घटेको बजारमा पनि एनसीसीको बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बिहीबार बैंकको १७ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ४५४ रुपैयाँ रहेको छ । त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बिहीबार बीमा र विकास बैंक समूह बाहेका कारोबार भएका बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी हाइड्रो समूहको परिसूचक २२ अंकले ओरालो लागेको छ । बीमा र विकास बैंक समूहको परिसूचक भने क्रमशः ६४ र ०.६९ अंकले उकालो लागेका हुन् ।

Share News