काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उच्च प्रतिफल दिने क्रममा नव वर्ष २०७४ को अवसरमा बचत खातामा ५ देखि ७ प्रतिशत सम्मको वार्षिक व्याजदर दिने भएको छ । यस नयाँ व्याजदरले न्यून व्याजदरका कारणले बैंकमा निक्षेप नराख्ने ग्राहकहरु पनि आकर्षित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए ।
बैंकले यस अघि पनि २०७३ फाल्गुन १ गते १ प्रतिशतले बचत खातामा व्याजदर बृद्धी गरेको थियो । यस नयाँ व्याजदरले न्यून व्याजदरका कारणले बैंकमा निक्षेप नराख्ने ग्राहकहरु पनि आकर्षित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । आगामी दिनमा सिभिल बैंकले आफ्ना ग्राहकहरुलाई नयाँ नयाँ योजना अघि सार्ने पनि बताएको छ ।