नेप्सेले दियो नयाँ वर्षको शुभकामना, प्रथम त्रैमासमा अनलाईन कारोबार शुरु गर्ने

<p>काठमाडौं । नेप्सेले नयाँ वर्ष २०७४ को अवसरमा सम्पूर्ण लगानीकर्ता, नियामक निकाय, धितोपत्र व्यवसायी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुमा शुभकामना दिएको छ । नयाँ वर्षको शुभकामना दिँदै नेप्सेले आगामी आर्थिक वर्षको प्रथम त्रैमासमा अनलाईन कारोबार प्रणाली सञ्चालन गर्ने बताएको छ । साथै, नेप्सले पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली स्थापना तथा सञ्चालन गर्ने गरी काम अगाडि बढाइ सकेको [&hellip;]</p>

काठमाडौं । नेप्सेले नयाँ वर्ष २०७४ को अवसरमा सम्पूर्ण लगानीकर्ता, नियामक निकाय, धितोपत्र व्यवसायी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुमा शुभकामना दिएको छ ।

नयाँ वर्षको शुभकामना दिँदै नेप्सेले आगामी आर्थिक वर्षको प्रथम त्रैमासमा अनलाईन कारोबार प्रणाली सञ्चालन गर्ने बताएको छ । साथै, नेप्सले पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली स्थापना तथा सञ्चालन गर्ने गरी काम अगाडि बढाइ सकेको बताएको छ ।

नेप्सेले लगानीकर्ताहरुको दोस्रो बजारमा पहुँचलाई सहज बनाउन उक्त प्रणाली शुरु गर्न लागेको हो ।

Share News