नेपालगञ्ज । भारतको सवैभन्दा ठुलो अटोमोबाईल कम्पनी टाटा मोटर्सले आफनो् प्रमुख शोरुम नेपालगञ्जमा शुरु गरेको छ । टाटा मोटर्सको एक मात्र आधिकारीक वितरक सिप्रदी टे«डिङ्ग प्रा.ली. ले आफनो महत्वपुर्ण ग्राहकहरुको लागी आधुनिक तथा सुविधा सम्पन शोरुम तथा विक्री पश्चात दिने सेवा सुविधा केन्द्रको नेपालगञ्जमा स्थापना गरेको छ । टाटा मोटर्स र सिप्रदी टेडिङ्ग प्रा.ली. को प्रतिबद्घता अनुुसार आफनो सजांल नेपाल भरी फैलाउने क्रममा नेपाल भित्रको सबैभन्दा ठुुलो सेवा सुुविधा केन्द्रको रुपमा खोलिएको छ ।
कार्यक्रममा टाटा मोटर्सको कमर्सियल भेहिकलका कार्यकारी निर्देशक रवीन्द्र पिसारोड्डीले भने, “नेपाली बजारमा टाटाको कमर्सियल गाडीहरुको व्यावसायिक संजाल नेपालमा बिस्तार भएकोमा अत्यन्त हर्षित छु । विश्व बजारमा लामो समयदेखि नेतृत्वदायी भूमिका खेलिरहेको टाटाका ब्रान्डहरुले उपभोक्ताको आवश्यकता र भावनाहरुलाई नजिकसँग बुझेको छ । यही स्वरुप टाटाले नेपालगञ्जमा बिक्री र सेवाको शुरुवात गरेको छ । अन्तर्राष्ट्रिय स्तरको यो सेवाबाट टाटाका हरेक प्रकारका कमर्सियल गाडीहरुले भरपूर रुपमा गुणस्तरीय एवं प्रभावकारी सेवा प्राप्त गर्नेछन् ।”
कार्यक्रममा बोल्दै टाटा मोर्टसका अन्तंराष्ट्रिय ब्यापार, कमर्सियल भेहिकल्स युुनिट का प्रमुुख रुद्ररुप मैत्रले भने “ नेपाल टाटा मोर्टसको लागी एउटा केन्द्रीत बजार हो र आफना ग्राहकहरुलाई स्तरीय विक्री तथा विक्री पश्चात को सेवा अनुभवको निश्चीत गर्नेको लागी नेपाल भित्र आफनो ब्यापार विस्तार गर्ने रणनितीक योजना अनुुरुप यो एउटा थप पहल हो । उच्च कुुशलता हासिल गरेको तालीम प्राप्त टोलीले ग्राहकहरुको चाहाना र आवश्यकता अनुुसार जति सक्दो चाँडो र भरपर्दो उपायहरु अवलम्वन गरि आधुुनिक विधी अनुुसार सेवा दिने ब्यवस्था मिलाइएको छ ’’।
टाटा मोटर्सको यो सेवा सुविधा केन्द्र रणनितीक रुपमा नेपालगञ्जमा स्थापना गरिएको छ जहाँ टाटा मोटर्सका सम्पुर्ण रेन्जका उत्पादनहरुको झलक देख्न सकिने गरि सजावट गरिएको छ । यसमा १५ वटा बे अत्याधुनिक इक्वीपमेन्ट सहित सुसज्जित छन् र ग्राहकहरुको हरेक आवश्यकता अनुसार सेवा दिन तालीम प्रप्त प्राविधीकहरु हाजिर हुने छन् । ग्राहकहरुलाई आफनो गाडीको अधिकतम उपयोग गर्ने मौँका मिलोस भनेर ठाउँमै गएर सेवा दिन मोवाइल सर्भिस गाडीहरुको पनि ब्यवस्था गरिएको छ । यी सबै प्रगतीहरुबाट टाटा मोटर्सले नेपालको बजारमा आफना ग्राहकहरुलाई पुर्ण सन्तुष्टी दिने प्रतिबद्धता झल्काउँदछ ।
सेवा सुविधा केन्द्रको उद्धाटन सगै कार्यक्रममा पहिलो मोबाइल वर्कशपको पनि शुरुवात गरियो । १६१३ /५२ च्यालीस माथी बनाइएको मोबाइल वर्कशप गाडी भीत्र समग्र रुपमा टाटा कमर्सियल गाडीहरुको मर्मत तथा सभिसीडं गर्न सक्ने गरि इक्वीपमेन्टहरु जडान गरिएको छ । यो मोबाइल वर्कशपको साथै सिप्रदीले टाढा रहेका गाउहरुमा गएर विक्री पश्चातको सेवाहरु दिने र त्यस्तै गरि शहरी क्ष्त्रहरुमा पनि साना गाडीहरु मर्मत सेवा प्रदान गनै लक्ष्य राखेका छ । आफना ग्राहकहरुलाई विक्री पश्चात दिने विभीन्न मुल्य अभिबृद्री सेवाहरु मध्य यो पनि एउटा थप सेवा भएको छ ।