काठमाडौं । शुक्रबारको सार्वजनिक बिदा दिने सरकारको निर्णय फिर्ता भएको छ । आइतबारको निर्णयमा चर्को आलोचना भएपछि सरकारले उक्त निर्णय फिर्ता लिएको हो ।
सरकारले आइतबार राष्ट्रपति विद्या भण्डारी पहिलो विदेश भ्रमणमा जाँदा र फर्किदा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सो अनुरुप सरकारले सोमबार सार्वजनिक बिदा दिए पनि शुक्रबारको बिदा भने फिर्ता गरेको छ । सोमबार भारत भ्रमणमा गएकी राष्ट्रपति भण्डारी शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।