काठमाडौं । म्याक्स भिजन लिमिटेडले सेयर निष्काशन गर्ने भएको छ । मोटर पार्टस्को आयात गर्दै आएको कम्पनीले ५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । एन आई सी एसिया क्यापिटल लिमिटेड र म्याक्स भिजन लिमिटेडबिच निष्कशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा म्याक्स भिजन लिमिटेडका अध्यक्ष केशव प्रसाद श्रेष्ठले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
पूँजी बजारमा निजि क्षेत्रका कम्पनी भित्र्याउन सरकारले प्रोत्साहन स्वरुप कर छुटको ब्यबस्था गरेको छ । साथै धितोपत्र बोर्डले पनि निजि क्षेत्रका कम्पनीहरुलाई साधारण शेयरहरुको धितोपत्र निष्काशन गर्न प्रोत्साहन स्वरुप बिशेष ब्यबस्था गरेको छ ।
एनआईसी एसिया क्यापिटल लिमिटेडले हाल बजारमा कायम रहेको बैंक तथा बित्तिय संस्था, इन्स्योरेन्स र जलबिद्युत मात्रको साधारण शेयरहरुको धितोपत्र निष्कशन गर्ने प्रचलन रहेकोमा म्याक्स भिजन लिमिटेड जस्तै अन्य इच्छुक निजि क्षेत्रका कम्पनीहरुलाई पनि सर्वसाधारणमा शेयर निष्कशन गर्न प्रोत्साहन गर्ने उद्घेश्यले सोही अनुरुप बिशेष पहल गरेको छ ।