लक्ष्मी बैंकको अरेन्ज बचत खातामा ७ प्रतिशत ब्याज

<p>काठमाडौं । लक्ष्मी बैंकले अरेन्ज बचत खातालाई केहि नयाँ सेवा सुविधा सहित वार्षिक ७ प्रतिशत व्याजदरमा प्रस्तुत गरेको छ । यो ब्याजदर बजारमा हाल कायम रहेका दरहरुमध्ये अधिकतम भएको कम्पनीले दावी गरेको छ । यस वचतका खाता काग्राहकहरुले ५ लाख को न्युनतम मौज्दात कायम राखी कुनै थप सेवा शुल्क बिना नै १० लाख बराबरको बिमा [&hellip;]</p>

काठमाडौं । लक्ष्मी बैंकले अरेन्ज बचत खातालाई केहि नयाँ सेवा सुविधा सहित वार्षिक ७ प्रतिशत व्याजदरमा प्रस्तुत गरेको छ । यो ब्याजदर बजारमा हाल कायम रहेका दरहरुमध्ये अधिकतम भएको कम्पनीले दावी गरेको छ ।

यस वचतका खाता काग्राहकहरुले ५ लाख को न्युनतम मौज्दात कायम राखी कुनै थप सेवा शुल्क बिना नै १० लाख बराबरको बिमा सुविधा र अन्य बैंकिङ्ग सुविधामा छुट पाउने छन् । साथै, न्युनतम मौज्दात भन्दा माथी भएको मौज्दात रकमलाई ग्राहकले बैंकको उच्चतम व्याजदरमा अन पिmक्सड डिपोजीट खोल्न मिल्ने व्यवस्था समेत गरिएको छ ।

यसका अतिरिक्त लक्ष्मी बैंकले आफ्नो अन्य बचत खाताहरुमा पनि ब्याज पुनरावलोकन गरि व्याजदर बृद्वि गरी साधारण वचत खातामा ५ प्रतिशत र बिशेष वचतखाताहरुमा ६ प्रतिशतसम्म व्याज दिने घोषणा गरेको छ ।

Share News